साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल आज भुटानसँग भिड्दै

लोकपथ
2.5k
Shares

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ । खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरू हुनेछ ।

यो खेल नेपालका लागि लिग चरणको अन्तिम दोस्रो खेल हो। यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६–१ गोलले पराजित गरिसकेको छ । प्रतियोगिता डबल राउन्ड रोबिन प्रारूपमा भइरहेको छ, जसमा आयोजक बंगलादेश, नेपाल, श्रीलंका र भुटान सहभागी छन् ।

नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ र दुवै खेलमा ७-० गोल अन्तरले शानदार जित हात पारेको थियो । तर आयोजक बंगलादेशसँगको पहिलो खेलमा नेपाल ३-२ गोलले पराजित भएको थियो ।

नेपालले हालसम्म चार खेलबाट ९ अंक बटुलेको छ, जुन समान खेलबाट घरेलु टोली बंगलादेशले पनि प्राप्त गरेको छ । आजको खेलपछि नेपालले सोमबार निर्णायक खेलमा बंगलादेशसँग पुनः प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको नियमअनुसार लिग चरणपछि सर्वाधिक अंक प्राप्त गर्ने टोलीले उपाधि जित्नेछ, जसले गर्दा नेपालका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?