सुर्खेत । चिङ्गाड गाउँपालिका–३ स्थित सल्यानगैराको सडकमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
मटेला बजारबाट सल्यानगैरातर्फ जाँदै गरेको ना.७ त २२७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई झण्डै २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर चिङ्गाड गाउँपालिका–४ निवासी २२ वर्षीय चालक देव रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गम्भीर घाइते रानाको उपचारको क्रममा चिङ्गाडस्थित स्वास्थ्य चौकीमै ज्यान गएको हो ।
उक्त ट्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । उनीहरूको थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया