काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली क्रिकेट टोलीको क्लोज क्याम्प सुरु भएको छ ।

क्रिकेट संघ अफ नेपाल (क्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको क्याम्पमा ३२ खेलाडी सहभागी भएका छन् । क्याम्पमा लामो समयपछि अलराउन्डर मोहम्मद आदिल आलमले पुनरागमन गरेका छन् ।

नेपाल समूह २ मा रहँदै छनोट प्रतियोगितामा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । कुल ९ टिम सहभागी हुने प्रतियोगिताबाट सुपर सिक्स चरणपछि शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

छनोट प्रतियोगिता अघि नेपाली टोलीले तयारीस्वरूप विभिन्न देशमा अभ्यास खेल खेल्ने कार्यक्रम समेत तय गरिएको छ । क्यानले खेलाडी छनोट, तालिम र अभ्यास खेलमार्फत टोलीलाई सशक्त बनाउने तयारी गरेको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया