पेस्तोल देखाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

लोकपथ
462
Shares

काठमाडौं । लुटपाटको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेका छन् ।

प्रहरीका अनुसार मुखियाले असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका–१ मा अजय कुमार गोइतलाई पेस्तोल देखाएर लुटपाट गरेका थिए ।

गोइत बैंकमा नगद जम्मा गर्न जाँदै गर्दा बाटो छेकेर मुखियाले पेस्तोल देखाई गोइतसँग रहेको २ लाख १६ हजार रुपैयाँ नगद, १२ लाख १० हजार रुपैयाँको चेक र आइफोन १६ लुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार मुखिया पेशेवर लुटेरा हुन् । भारतमै उनीविरुद्ध ९–१० वटा आपराधिक मुद्दा दर्ता छन् ।

हाल मुखियामाथि जिल्ला अदालत धनुषाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?