झापा । झापाको जहदा टोलमा स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
गए राति मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका ७७ वर्षीय स्थानीय देवबहादुर श्रेष्ठको उपचारका क्रममा आज निधन भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार घाइते श्रेष्ठलाई तत्काल विराटनगरस्थित विराट मेडिकल कलेज लगिएको थियो । तर, उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने स्कुटर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया