सिराहाको कल्याणपुर नगरपालिकाका मेयर एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ

लोकपथ
2.4k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । 

बर्दिबासस्थित आयोगको टोलीले उनलाई नगरपालिका कार्यालयबाटै आज घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

एक उपभोक्ता समितिबाट नगरपालिकाको कार्यालयमै पूर्ण भुक्तानीका लागि एक लाख रुपैयाँ घुस लिइरहेको बेला उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ । अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?