राजीनामा दिएका मन्त्री दोषी देखिए कारबाही हुन्छ : मन्त्री गुरुङ

लोकपथ
196
Shares
फाइल तस्बिर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गल्ती गर्नेप्रति सरकारले आँखा चिम्लेर बस्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले गल्ती गर्ने जो कोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे उठेका प्रश्नमा जवाफ दिँदै उनले गुप्ताले नैतिकताको आधारमा राजीनामा दिइसकेको र नयाँ मन्त्री पनि जिम्मेवारीमा आइसकेको जानकारी दिए ।

‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ,‘मन्त्री गुरुङले भने, ‘अब सरकारले अनुसन्धान प्रक्रिया अघि बढाउनेछ, दोषी देखिए उनीहरूमाथि कारबाही हुनेछ ।’

उनले सरकार सत्य र तथ्यको आधारमा अघि बढ्ने बताउँदै भ्रष्टाचारको अन्त्यको पक्षमा सरकार स्पष्ट रहेको जिकिर गरे । ‘हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौँ । त्यसका लागि चाहे मन्त्री हुन् वा सचिव, पदाधिकारी जो भए पनि कारबाही हुनुपर्छ भन्ने माग जायज हो,‘ गुरुङले भने ।

गुरुङले सरकारले कसैलाई जोगाउने काम नगर्ने र गल्ती गर्ने कोही भएमा कानूनी प्रक्रिया अनुसार कारबाही अघि बढ्ने बताए । ‘सरकार आँखा चिम्लिनुपर्छ भन्ने कुरा रहँदैन, ‘उनले प्रस्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?