भारत सरकारको आर्थिक सहयोगमा भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठानको भवन बन्दै

लोकपथ
217
Shares

काठमाडौं । भोजपुरको अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण हुने भएको छ ।

भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माणका लागि मंगलबार एक कार्यक्रमकाबिच उक्त भवनको शिलान्यास भएको हो ।

अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौंका काउन्सलरअविनाश कुमार सिंहले संयुक्त रुपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड १ लाख ८८ हजार रुपैयाँ आर्थिक सहयोगमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुन लागेको हो ।

भारत सरकारको अनुदान सहयोगमा बन्ने उक्त भवनमा कक्षाकोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवम् छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचनासहितको तीन तल्ले भवनको निर्माणमा उपयोग गरिनेछ ।

यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

अरुण गाउँपालिकाका अध्यक्ष खत्रीले नेपालको उन्नति र विकासका लागि भारत सरकारले निरन्तर सहयोग प्रदान गरिरहेको भन्दै प्रशंसा गरे ।

अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनले यस क्षेत्रको सांस्कृतिक र शैक्षिक पूर्वाधारको विस्तार गर्न मद्दत गर्ने विश्वास लिएको उनले बताए ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरुमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाएको छ । यी मध्ये ९३ वटा परियोजनाहरु कोशी प्रदेशमा छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ जसमध्ये ७ वटा एम्बुलेन्स र एउटा स्कुल बस भोजपुरमा उपह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?