रुपन्देही । कुवेत लैजाने भन्दै महिलाहरूलाई भारत पुर्याएर बेचबिखन गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका–११ की ४६ वर्षीया परियारलाई सोमबार आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
२०७४ सालमा रूपन्देही र प्यूठानकी तीन महिलालाई राम्रो कामको आश्वासन दिँदै भारत पुर्याएकी परियारमाथि मानव बेचबिखनको उजुरी परेपछि प्रहरीले खोजी गर्दै आएको थियो ।
भारतमा बेचबिखनको शंका भएपछि ती महिलाहरू केआई नेपाल र प्रहरीको सहयोगमा उद्धार भएका थिए ।
परियारलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया