काठमाडौं । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्मदिनलाई नेपाली भाषाको गौरव गाउने महान दिनको रूपमा अर्थ्याएका छन् ।
आइतबार काठमाडौंमा आयोजित २१२औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाली भाषा, संस्कृति र पहिचानसँग भानु जयन्तीको गहिरो सम्बन्ध रहेको बताए ।
‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो,’ सभामुख घिमिरेले भने, ‘नेपाल मात्र होइन, दार्जिलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा र झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो ।’
उनले नेपालीहरुले भानु जयन्तीका अवसरमा आफ्नो भाषा र संस्कृतिप्रति गौरव गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जुट्नुपर्ने बताए ।
सभामुख घिमिरेले भानु जयन्तीलाई नेपाली भाषा र साहित्यको उन्नयनमा प्रेरणा दिने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । उनले नेपाली भाषा अझ प्रगतिशील बनाउँदै विश्व साहित्यको हिस्सा बनाउने प्रतिबद्धता व्यक्त गर्न जरुरी रहेको धारणा राखे ।
उनका अनुसार भाषा, संस्कृति र पहिचानलाई जगेर्ना गर्न भानु जयन्तीजस्ता अवसरले सशक्त सन्देश दिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया