काठमाडौं महानगरले आज २५ अर्ब बराबरको बजेट ल्याउँदै, विकासकाे प्राथमिकतामा के के ?

लोकपथ
567
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट आज सार्वजनिक गर्ने भएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आज दिउँसो २ बजे नगरसभा आह्वान गरी बजेट प्रस्तुत गर्न लागेका हुन् । नगरसभाअघि बिहान कार्यपालिका बैठक बसेर अन्तिम सहमति जुटाइने तयारी छ ।

गत शुक्रबार बसेको कार्यपालिका बैठकको ४०औँ बैठकमा मेयर शाहले आइतबार (आज) बजेट प्रस्तुत गर्ने प्रस्ताव गरेका थिए । राजस्व परामर्श समितिको बैठकले आगामी वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा तय गरेअनुसार सोही अनुरूपको बजेट ल्याउने तयारी भएको छ ।

संविधान अनुसार स्थानीय तहहरूले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ । तर, काठमाडौं महानगरपालिकाभित्रको आन्तरिक विवादका कारण बजेट प्रक्रिया ढिलाइ भएको हो ।

नगरसभा मार्फत प्रस्तुत हुने बजेटमा पूर्वाधार विकास, सरसफाइ, शिक्षा, स्वास्थ्य र प्रविधि क्षेत्रमा प्राथमिकता दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?