काठमाडौं महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्ने

लोकपथ
287
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ ।  मेयर बालेन्द्र शाह (बालेन) का अनुसार बजेट आगामी २९ गते आइतबार सार्वजनिक गरिनेछ।

मेयर शाहले शुक्रबार बसेको नगर कार्यपालिकाको ४०औँ बैठकमा आइतबारको नगर सभा बैठकमार्फत बजेट प्रस्तुत गरिने जानकारी गराएका हुन् । 

नगर सभा आइतबार दिउँसो २ बजेका लागि तय गरिएको छ भने सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने कार्यक्रम रहेको छ।

यसअघि राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो । यही सीमा अनुसार आइतबार बजेट सार्वजनिक गरिने तयारी महानगरले गरेको छ ।

महानगरले यस पटकको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, फोहर मैला व्यवस्थापन, स्मार्ट सिटी निर्माण र सामाजिक विकासलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?