नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छ : मन्त्री पौडेल

लोकपथ
56
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने गरी नीति निर्माण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनसंख्यामैत्री सरकार र राज्य निर्माणका लागि जनताको समस्या सम्बोधन गर्ने खालका नीतिको आवश्यकता रहेको स्पष्ट पारे ।

उनले जनसंख्या नीति केवल जनसंख्याको संख्या मात्र नभई नागरिकको रोजगारी, सामाजिक अवस्था, जीवनस्तर तथा समग्र विकाससँग जोडिएको विषय भएको बताए ।

‘हामी जनसंख्यामैत्री सरकार, राज्य निर्माण गर्न चाहन्छौं भने हाम्रो नीति पनि त्यहीअनुसार हुनुपर्छ,’ मन्त्री पौडेलले भने, ‘यो नीति केवल संख्या होइन, नागरिकको चाहना, सुशासन र समृद्धिसँग जोडिएको छ ।’

उनले हाल नेपालको जनसांख्यिक अवस्था ऋणात्मक हुँदै गएको उल्लेख गर्दै त्यसले दीर्घकालीन असर पार्न सक्ने भएकाले त्यसअनुसार सचेत र समावेशी नीति बनाउनु जरुरी रहेको बताए ।

कार्यक्रममा सार्वजनिक गरिएको नयाँ राष्ट्रिय जनसंख्या नीतिले सामाजिक न्याय, आर्थिक समावेशीकरण, लैंगिक समानता र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?