उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले आज ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

लोकपथ
1.4k
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ । आज बस्ने संसदीय दलको बैठकले औपचारिकरूपमा समर्थन फिर्ताबारे निर्णय लिन लागेको हो । 

जसपा नेपाल प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न पार्टी संसदीय दललाई निर्देशन दिइसकेको रस आज बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने बताए । 

उनले भने, ‘समर्थन फिर्ता लिने एजेन्डा तय गरेरै बैठक बस्न लागेको हो ।’

कांग्रेस–एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेको पार्टीको निष्कर्ष रहेको उनले सुनाए ।

उनले थपे, ‘संविधान संशोधन, सुशासनको प्रत्याभूति, अर्थतन्त्रमा सुधार र भ्रष्टाचार, कमिसनतन्त्र र लुटतन्त्रको नियन्त्रण गर्ने गठबन्धन सरकारले गरेको प्रतिबद्धता पूरा नभएपछि पार्टीले सरकारलाई दिएको समर्थन कायम राखिराख्ने स्थिति रहेन ।’ 

जसपा नेपालले ओली सरकारलाई समर्थन गरेको भएपनि प्रदेशदेखि संघीय सरकारमा सहभागिता जनाएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?