गर्मीमा ‘ट्यान’ हटाउन घरमै बनाउनुहोस् यी ४ ‘स्क्रब’

लोकपथ
112
Shares

काठमाडौं । गर्मीको मौसममा सूर्यको कडा किरणले अनुहारको मात्रै होइन, हात, खुट्टा र अन्य घाममा देखिने अंगहरूमा समेत छालाको ट्यानिङ (घामले छालालाई कालो बनाउने) बढाउने गर्छ । यस्तो अवस्थामा धेरैले बजारमा पाइने महँगो स्क्रब प्रयोग गर्ने गर्छन् । तर छालाको ट्यान हटाउन तपाईँको घरमै सजिलै उपलब्ध हुने प्राकृतिक सामग्री प्रयोग गरी स्क्रब बनाउन सकिन्छ।

यस्ता स्क्रबको नियमित प्रयोगले छालाबाट मृत कोशिका हटाउँछ, छालाको छिद्रहरू सफा गर्छ र ट्यान कम गर्छ । आज हामी तपाईँहरूलाई चार वटा यस्ता घरेलु स्क्रबबारे जानकारी दिनेछौँ , जुन तपाईँले घरमै सजिलै तयार गर्न सक्नुहुन्छ।

१.कागती र चिनीको स्क्रब

कागती र चिनी हाम्रो भान्सामा दिनहुँ प्रयोग हुने वस्तु हो । यसको प्रयोगबाट तपाईँले आफ्नो छालालाई सुन्दर बनाउन सक्नुहुन्छ। यसबाट बनेको स्क्रब तपाईँको छालाको लागि धेरै प्रभावकारी साबित हुन सक्छ । कागतीमा ब्लीचिङ गुणहरू हुन्छन् । जसले छालामा भएको पिग्मेन्टेसन र ट्यानिङ कम गर्न मद्दत गर्दछ । अर्कोतर्फ, चिनीले प्राकृतिक एक्सफोलिएटको रूपमा काम गर्दछ र मृत छालाका कोषहरू हटाउन मद्दत गर्नुको साथै बन्द छिद्रहरू खोल्छ। यसले छालामा रहेका अशुद्धताहरू (इंप्योरिटीज) पूर्ण रूपमा हटाउन सहयोग गर्छ, जसका कारण छाला सफा, ताजा र चम्किलो देखिन्छ।

४ प्रकारका घरेलु स्क्रबहरू

२. बेसार, मह र बेसनको स्क्रब

बेसार र महलाई हामीले घरेलु औषधीको रुपमा निकै प्रयोग गर्ने गछौँ । बेसार, मह र  बेसनको मिश्रण पिग्मेन्टेड ,चाया र पोतो भएको छालाको लागि निकै राम्रो मिश्रण साबित हुन सक्छ । बेसारमा पाइने करक्यूमिनले सूर्यको हानिकारक किरणहरूलाई रोक्छ, जसले गर्दा तपाईँको छालालाई घामको किरणबाट बचाउँछ र ट्यानिङ कम गर्न मद्दत गर्दछ । यसबाहेक, यसमा चम्किलोपन गुणहरू पाइन्छ, जसले छालालाई चम्किलो बनाउँछ। महले ट्यान हटाउँछ र छालालाई हाइड्रेसन र नमी प्रदान गर्दछ, जसले छालालाई चम्किलो राख्छ ।

३.मह र मेवाको स्क्रब

मह र मेवा दुवैलाई छालाको ट्यान हटाउन अत्यन्तै प्रभावकारी मानिन्छ । यी सामग्रीहरूले छालाबाट अशुद्धता (इंप्योरिटीज) हटाउन सहयोग गर्छन् र मृत छालाका कोषहरू हटाउँछन्, जसले गर्दा छालाको बनावटमा सुधार आउँछ । साथै, तपाईँको छाला चम्किलो र उज्यालो देखिन्छ । मह र मेवाले छालालाई आवश्यक नमी (मॉइस्चर) र हाइड्रेशन प्रदान गर्छन्, जसले गर्मीको मौसममा तपाईँको छालालाई पूर्ण रूपमा स्वस्थ राख्छ । छालालाई स्वस्थ र ताजगीपूर्ण बनाइराख्छ।

४.गोलभेडा र ओटमिल (जौको दलिया) को स्क्रब

गोलभेँडामा छालालाई चम्किलो बनाउने प्राकृतिक गुण पाइन्छ, जसले छालाबाट ट्यान हटाएर त्यसलाई उज्यालो र चम्किलो बनाउँछ। त्यस्तै, ओटमिलमा हुने पोषक तत्त्व र एक्सफोलिएट गर्ने क्षमता (scrubbing properties) ले छालालाई आवश्यक पोषण प्रदान गर्छ र मृत छालाका कोषहरू हटाउन मद्दत गर्छ। यसको प्रयोगले छाला नरम, स्मूथ र सुन्दर देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?