काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुलुकको कुल जनसंख्याको ५२.६१ प्रतिशत हिस्सा अझै जीवन बीमाको पहुँचबाट वञ्चित रहेको जनाएको छ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बीमा प्राधिकरणले यस्तो जानकारी दिएको हो।
प्राधिकरणका अध्यक्ष शरद ओझाका अनुसार २०८२ साल वैशाख मसान्तसम्म जीवन बीमाको पहुँच जनसंख्याको ४७।३९ प्रतिशतसम्म मात्र पुगेको छ। ‘ग्रामिण तथा न्यून आय भएका वर्गहरू अझै बीमा सेवाबाट टाढा छन्,’अध्यक्ष ओझाले बताए।
उनले बीमा सेवा विस्तारका लागि बीमा साक्षरतामा जोड दिँदै, ग्राहक केन्द्रित सेवा र प्रविधिमैत्री वितरण प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए। बीमा बजार सुदृढ बनाउन अनुसन्धानमूलक र आवश्यकतामा आधारित नविन बीमालेख तयार पार्नुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ओझाले प्राधिकरणमा हाल १५८ जना र बीमा कम्पनीहरूमा १२ हजार १६२ जना कर्मचारी कार्यरत रहेको जानकारी पनि दिए। ती कर्मचारीको कार्यक्षमता अभिवृद्धिका लागि तालिम तथा विकास कार्यक्रम अघि बढाइएको उनले उल्लेख गरे।
प्राधिकरणले प्रत्येक वर्ष बीमा नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा बीमा प्रवर्द्धनलाई प्राथमिकतामा राखिने स्पष्ट पारेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया