हितेन्द्रको सय दिने उपलब्धि : स्मार्ट मिटरदेखि चार्जिङ स्टेसनसम्मको प्रगति

लोकपथ
728
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफ्ना सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो कार्यकालमा प्राधिकरणको यथार्थता बाहिर ल्याउन श्वेतपत्र जारी गरिएको बताए ।  

उनकाअनुसार स्वेत्तपत्रमा ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत,नवीनतम उपायबाट वित्तीय व्यवस्थापनलाई जोड दिएको छ । त्यस्तै,  मानव स्रोत व्यवस्थापन गरिएको छ । सय दिने उपलब्धिमा उनले  वितरण तथा ग्राहकतर्फ १० ओटा धेरै महसुल बुझाउने उद्योगीलाई सम्मान गरिएको बताए । जसबाट वृद्ध खपतमा वृद्धि आउने आशा व्यक्त गरे ।  

कार्यकारी निर्देशक शाक्यले भने, ‘डेडिकेटर लाइनसम्बन्धी विवाद समाधानतर्फ उन्मुख छ भने एकसय दिनको अवधिमा चार्जिङ स्टेसनका पूर्वाधार बनाउन १ करोड बजेट छुट्याइएको छ, ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ । स्मार्ट मिटरको उपलब्धतालाई बढाइएको छ । वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाइएको  छ भने सबस्टेशनहरु तयार भएका छन् ।’

शाक्यकारअनुसार चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण र यस अन्तर्गतका  जलविद्युत आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बढी क्षति पुयाएको  छ भने उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको उनको भनाइ छ । 

त्रिशूली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्‍याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द भएको उनले बताए ।

बाढीले त्रिशूली कोरिडोरका आयोजनाहरूमा असर पारेको बताए । उनकाअनुसार  बाढीले प्रत्यक्ष असर पारेका आयोजनामा रसुवागढी, चिलिमे र त्रिशूली ‘थ्री ए’ रहेका छन् । त्रिशूली कोरिडोरका मात्रै करिब ६–७ वटा प्लान्ट  बन्द अवस्थामा पुगेका छन् ।  

शाक्यका अनुसार बाढीले माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याममा क्षति पुर्‍याएको छ भने दुई गेट बगाएको छ । बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशूली आयोजनाको उत्पादन पनि ठप्प भएको छ । उनले ठुलो क्षमताका आयोजना बन्द भए पनि देशभर विद्युतको माग व्यवस्थापनमा कुनै समस्या नभएको  स्पष्ट पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?