दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी : राष्ट्रपति

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् । सोमबार राष्ट्रपति भवन शितलनिवासमा एसीसी पुरुष यू-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको रहेको  बताए । परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउनसके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने बताए ।

देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियोगिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए । 

एसीसी  पुरुष यू-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट आइतबार साँझ स्वदेश फर्किएको हो । गत शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?