‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठको पशुपतिमाअन्त्येष्टि

लोकपथ
3.4k
Shares

काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को अन्त्येष्टि आज बिहान पशुपति आर्यघाटमा गरिएको छ ।

क्यान्सर रोगबाट पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको थियो। अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाइएको थियो ।

दाहसंस्कारमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दीपकराज गिरी, दीपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाललगायत सांगीतिक तथा नाट्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

पछिल्ला केही वर्षदेखि उनी क्यान्सरबाट पीडित थिइन् भने पछिल्लो ३५ दिनदेखि ओछ्यानमै थलिएर उपचाररत थिइन् । श्रेष्ठको निधनले नेपाली हास्य क्षेत्रले एक अनुभवी तथा प्रिय कलाकार गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?