एसीसी पुरुष यू-१६ को उपाधिका लागि आज नेपालले सिंगापुरसँग खेल्दै

लोकपथ
1.1k
Shares

काठमाडौं । एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको उपाधिका लागि नेपाल र सिंगापुरबिच आज (शनिबार) फाइनल प्रतिस्पर्धा हुँदैछ । मलेसियाको बांगीमा हुने यो निर्णायक खेल नेपाली समयअनुसार बिहान ७:४५ बजेबाट सुरु हुनेछ।

नेपाली टोलीले बिहीबार सम्पन्न सेमिफाइनलमा घरेलु टोली मलेसियामाथि ९ विकेटको प्रभावशाली जित निकाली फाइनलमा स्थान बनाएको हो । अर्कोतर्फ, सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो।

यसअघि समूह चरणमा पनि नेपाल र सिंगापुर आमनेसामने भएका थिए। उक्त खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो, जसले नेपाली टोलीको आत्मविश्वास बलियो बनाएको छ।

फाइनल खेल जित्दै उपाधि उचाल्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रने तयारीमा छन्। प्रतियोगितामा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाललाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?