प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

लोकपथ
2.1k
Shares

काठमाडौं ।  नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका  रवीन्द्र खत्रीलाई  दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले यही असार १३ गते बढुवा भएका उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पदोन्नतिसँगै उपरथी खत्रीलाई उपत्यका पृतनापतिको जिम्मेवारी दिइएको छ । यसअघि उनले उपत्यका पृतनामा निमित्त पृतनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?