वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले वीरगञ्जबाट भन्सार छलेर ल्याइएका १८ लाखभन्दा बढी मूल्य बराबरका कपडा बरामद गरेको छ।
बिहीबार १३ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१ अन्तर्गत छपकैया र नदिया टोलस्थित गोदामहरूमा छापा मारेर कपडा बरामद गरेको हो।
बरामद गरिएको सामानको मूल्य रु १८ लाख ५५ हजार ३५५ बराबर रहेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार बरामद सामग्री बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । चालु आर्थिक वर्षको असार १० गतेसम्म सशस्त्र प्रहरीले रु ३८ करोडभन्दा बढी मूल्यका अबैध सामग्री बरामद गरेको छ।
‘भन्सार छलेर ल्याइएका रु २७ करोड ५६ लाख ५६ हजार ४८७ बराबरका सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौँ’, सूचना अधिकारी सिंहले भने, ‘सोही अवधिमा बिलबिजक नभएका रु १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरका सामाग्री राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया