जाजरकोटमा टहरामा ढुङ्गा खसेर लाग्दा दिदी-बहिनीको मृत्यु

लोकपथ
168
Shares

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा भिरबाट खसेको ढुङ्गाले लागेर एकै परिवारका दिदी–बहिनीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय नरबहादुर बुढाका १८ वर्षीया छोरी शर्मिला बुढा र १४ वर्षीया चमेली बुढा रहेका छन् ।

अस्थायी टहरा २०७५ सालको भूकम्पपछि निर्माण गरिएको थियो । सोही टहरामा सुतिरहेका बेला राति करिब ९ बजेतिर अचानक माथिबाट खसेको ढुङ्गाले टहरा छियाछिया पार्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धानमा जुटेको स्थानीय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?