जनकपुर बोल्ट्सद्वारा ७ खेलाडी रिटेन, ४ खेलाडी रिलिज

लोकपथ
966
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सले ७ खेलाडी रिटेन गरेको छ ।

बोल्ट्सले सामाजिक सञ्जालमार्फत ललित राजवंशी, अनिलकुमार शाह, आसिफ शेख, रुपेश सिंह, किशोर महत्तो, शुभ कंशाकार र तुलबहादुर थापालाई टोलीमा कायम राखेको जनाएको छ।

यस्तै, हेमन्त धामी, शेर मल्ल, आकाश त्रिपाठी र अरनिको प्रसाद यादवलाई रिलिज गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?