बारामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

लोकपथ
315
Shares

काठमाडाैं । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ३५ वर्षीय बच्चा मियाँलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मियाँले २३ वर्षीया श्रीमती सहिना खातुनमाथि घरायसी विवादका क्रममा दाउ प्रहार गरेका थिए। घाइते सहिनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना विवरण प्राप्त हुनासाथ प्रहरी चौकी मटिअर्वा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मियाँलाई बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?