क्वालालम्पुर । एसीसी मेन्स इस्ट जोन कप २०२५ अन्तर्गत सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ९१ रनको सामान्य लक्ष्य दिएको छ।
टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४३.१ ओभरमा मात्र ९० रनमा अलआउट गर्न सफल भयो।
मलेसियाका लागि मुहमद फतुल मुहिनले सर्वाधिक ३८ रनको योगदान दिए। उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। अन्य ब्याटर भने सस्तैमा पेभेलियन फर्किए।
नेपालका लागि अभय यादवले प्रभावशाली बलिङ गर्दै १० ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए। शुभम् खनालले ३ विकेट हात पार्दा सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले १/१ विकेट लिए।
अर्को सेमिफाइनलमा सिंगापुर र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ। फाइनल खेल आगामी शनिबार हुनेछ।
यसअघि नेपालले समूह चरणमा लगातार चार खेल जित्दै अपराजित रहँदै समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। अब नेपालले फाइनल प्रवेशका लागि ९१ रनको सानो लक्ष्य पछ्याउँदै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया