काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’को दोस्रो खेलका लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक गरिएको छ। नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
नेपाली समयअनुसार साँझ ६ः१५ बजे तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा हुने खेलका लागि मुख्य प्रशिक्षक प्रमाण स्याङबोलले पहिलो खेलको तुलनामा एक खेलाडी परिवर्तन गरेका छन्।
पहिलो खेलमा लाओससँग खेलेकी सरु लिम्बुको स्थानमा आज प्रीति राईलाई सुरुवातमै मैदान उत्राउने निर्णय गरिएको छ।
गोलकिपरको रूपमा अन्जना रानामगरलाई जिम्मेवारी दिइएको छ। डिफेन्स लाइनमा समीक्षा घिमिरे, गिता राना र निशा थोकर छन्। मिडफिल्डमा प्रीति राईसँगै रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर र अनिता बस्नेत छन्।
अट्याकिङ लाइनमा भने सधैंको जस्तै स्टार फरवार्ड साबित्रा भण्डारीसँग रश्मी घिसिङ खेल्नेछिन्। रेखा पौडेल र एन्जिला सुब्बा भने लगातार दोस्रो खेलमा पनि सुरुवाती रोजाइमा परेका छैनन्।
नेपालले यसअघि पहिलो खेलमा लाओसमाथि २–१ को जित निकालेको थियो। श्रीलंकाविरुद्ध पनि नेपाल विजयी लक्ष्यसहित मैदान उत्रन लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया