काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्ने चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
गायिका समीक्षा अधिकारीसँग मिलेर एलिनाले यस्ता व्यक्तिहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियानसमेत चलाएकी हुन् ।
उनले माफी माग्नेहरूलाई माफी दिइसकेकी छिन् भने नसुध्रिने विरुद्ध कानुनी कारबाही अघि बढाउने बताएकी छन् ।
एलिनाका अनुसार अभियान चलाउन उनले १० दिनको ब्रेकसमेत लिएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत एलिना–समीक्षाको अभियानको प्रशंसा गरेका छन् ।
यसअघि अभिनेत्री ऋचा शर्मा र टिकटकर प्रिन्सी खतिवडाले पनि यस्तै किसिमको अभद्र व्यवहारविरुद्ध सामाजिक सञ्जालमै प्रतिक्रिया जनाएका थिए ।
यो पनि : ‘अश्लिलता’विरुद्ध प्रतिकारमा ‘सेलिब्रेटी’ : ‘एलिना र समीक्षा’ हरुमाथि प्रहार किन ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया