काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
बैठक सुरु भएपछि रास्वपाका सांसदहरू उभिएर विरोध जनाए । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले भिजिट भिसा प्रकरणबारे छानबिन गर्नुपर्ने माग यथावत रहेको बताएका छन्।
उनका अनुसार माग सम्बोधन नभएसम्म रास्वपा संसद्को नियमित कारबाहीमा सहभागी नहुने अडानमा कायम छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया