दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

लोकपथ
490
Shares

बारा । परवानीपुर गाउँपालिका–५ बहुअरीबाट प्रहरीले ठूलो मात्रामा गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र सिमरा प्रहरीले संयुक्त रूपमा विशेष सूचनाका आधारमा शनिबार हेटौंडाबाट बारा तर्फ गइरहेको प्र.३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्दा धानको भुसले ढाकिएको बोरामा लुकाइएको २१२ किलो ९२८ ग्राम गाँजा फेला परेको हो।

गाँजा ओसारपसारको आरोपमा पक्राउ पर्नेहरूमा मकवानपुरको थाहा नगरपालिका–४ पालुङका २८ वर्षीय रवि कार्की, थाहा–१२ टिसटुङका ४६ वर्षीय वीरबहादुर गोले, हेटौँडा उपमहानगरपालिका–१४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङको थाक्रे गाउँपालिका–७ आपसी चोकका ३१ वर्षीय महेश तमाङ रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ। गाँजाको यस्तो ठूलो मात्राको कारोबार हुन थालेपछि सुरक्षा निकायहरूले निगरानी अझ कडा बनाएको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?