गुल्मी । गुल्मीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार धुर्कोट गाउँपालिका–७ द्वानेटास्थित राष्ट्रिय प्रसारण लाइनको पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेन्ट लागेको थियो।
घटनापछि गम्भीर घाइते भएका घिमिरेको गुल्मी अस्पताल तम्घासमा उपचारका क्रममा अपरान्ह मृत्यु भएको प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसबीच, गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयसँग आबद्ध व्यक्ति नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘उहाँ कार्यालयको स्थायी कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखिएको छैन। किन पोलमा चढ्नुभयो भन्ने बारे केही जानकारी छैन।’
विद्युत सुरक्षाका सन्दर्भमा यो घटनाले गम्भीर प्रश्न उठाएको छ। स्थानीय स्तरमा विद्युत मर्मतमा संलग्न हुने प्रक्रियाबारे सावधानी र स्पष्टता आवश्यक देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया