प्रचण्ड भन्छन् : ‘रास्वपा र रविमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म लागेँ, अझै लाग्छु’

लोकपथ
518
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्ने हेतुले अन्तिमसम्म प्रयास गरिरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीहरुले भिजिट भिसा प्रकरणमा रास्वपाले असहमति जनाए पनि आफूहरुले किन समर्थन गरे भन्ने जिज्ञासामा दाहालले भने, ‘रास्वपा र रवि लामिछानेमाथि अन्याय नहोस् भन्ने प्रयासमै छु । अझै पनि गरिरहेको छु । रास्वपाका साथीहरुले पछि बुझ्नुहुनेछ ।’

उनले हालको प्रतिनिधिसभाको अवस्था र समाजवादी मोर्चाको भावी रणनीतिबारे पनि बैठकमा छलफल भएको जानकारी दिए । ‘सदनको अहिलेको परिस्थितिबारे समीक्षा गरियो । समाजवादी मोर्चालाई कसरी अगाडि लैजाने र दुई पार्टीबीचको सम्बन्धका विषयमा सामान्य छलफल भएको हो । कुनै गम्भीर विषय थिएन,’ अध्यक्ष दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?