काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विज्ञप्ति जारी गर्दै बजेटका पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।
मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेट प्रस्तुत हुँदैछ । भोलिको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न कांग्रेसले भनेको हो ।
यसअघि आजै सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले समेत ह्वीप जारी गरेर बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया