काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ ।
यसअघि कांग्रेसले आगामी असार १५ गते बस्नेगरी बैठक बोलाएको थियो । तर विशेष कारण देखाउँदै असार १६ गते बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त बैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।
बैठक दिउँसो १ बजे कांग्रेस मुख्यालय सानेपामा बस्नेछ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृती भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
साथै उक्त बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया