नेपालबाट ११ महिनामा २ खर्ब ४७ अर्ब बराबरको वस्तु तथा सेवा निर्यात

लोकपथ
84
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष सोही अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्मको अवधिमा सबैभन्दा बढी सोयाबिन तेल निर्यात भएको छ । यस अवधिमा ४४ करोड २६ लाख ५१ हजार केजी सोयाबिन तेल निर्यात हुँदै ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ आम्दानी भएको छ ।

त्यस्तै, ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको सनफ्लावर तेल निर्यात गरिएको छ ।

नेपालबाट ९ अर्ब ७८ करोड १० लाख रुपैयाँको कार्पेट र ७ अर्ब १९ करोड बराबरको अलैँची समेत निर्यात भएको छ । साथै, ४ अर्ब २९ करोड रुपैयाँको पातलो कार्पेट पनि निर्यात गरिएको छ ।

भन्सारको तथ्यांकअनुसार ५ अर्ब १३ करोड रुपैयाँको रोल्ड आइरन तथा स्टील, ५ अर्ब १० करोड ३२ लाख रुपैयाँको उन, ४ अर्ब ९४ करोड ३३ लाख रुपैयाँको मिक्स जुस र ५ अर्ब ७० करोड रुपैयाँ बराबरको धागो समेत निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?