काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका–७ मा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे तेमाल गाउँपालिका–१ घर भई हाल बनेपा–७ मा डेरा गरी बस्ने ४५ वर्षीय ज्ञानध्वज तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीका अनुसार, पनौतीबाट बनेपातर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा।प्र। ०२–०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
घटनामा गम्भीर घाइते भएका स्कुटर चालक तामाङलाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर स्वातीले जानकारी दिए ।
हाल ठक्कर दिने गाडी र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ भने गाडी चालक धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–१३ निवासी करिब ३५ वर्षीय अजय यादव फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया