रास्वपा–राप्रपाको अवरोध जारी, गृहमन्त्रीको राजीनामा र छानबिन माग

लोकपथ
525
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन्।

बैठकको सुरुमा रास्वपा सांसद सुमना श्रेष्ठले सरकार जनताले भोगिरहेको गम्भीर समस्यामा चुप लागेर बसेको भन्दै आक्रोश व्यक्त गरिन्। उनले उठाएको मुद्दा यसरी छाड्न नसकिने भन्दै संसदमा स्पष्ट अडान राखिन्।

संसद चलाउन सभामुखले रास्वपा र राप्रपाका सांसदहरूलाई बोल्न दिएपछि सत्ता गठबन्धनका सांसदहरूबीच होहल्ला भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?