तीन शीर्ष नेताहरुको बैठक स्थगित

लोकपथ
322
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष तीन नेताहरुको बैठक अन्तिम समयमा स्थगित भएको छ ।

आज दिउँसो २ बजेका लागि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल हुने भएको थियो ।

आपसी सल्लाहमै बैठक स्थगित भएको बताइएको छ । प्रधानमन्त्री ओलीको बेस्तताका कारण आजको बैठक स्थगित भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले संसदको अवरोध, निजामती विधेयक लगायत विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बुधबार बोलाएका थिए ।

यसअघि केही दिन अघि तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?