पलायनको मनस्थितिमा रहेको नयाँ पुस्तालाई जागृत गर्न जरुरी : मन्त्री पाण्डे 

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्न आवश्यक रहेको बताएका छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ जन्मोत्सवको अवसरमा काठमाडौंमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवापुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताए  ।  

‘केही हुँदैन यो देशमा’ भन्ने भाष्यले युवा पुस्तामा निराशा थपिएको उल्लेख गर्दै मन्त्री पाण्डेले साहित्यको माध्यमबाट समेत उनीहरूमा जागरण ल्याउन जरुरी रहेको बताए । उनले नेपालमा गृहयुद्ध वा बाह्य शत्रुताको खतरा नरहेको कारण कोही पनि निराश हुनुपर्ने आवश्यकता नरहेको बताए । 

मन्त्री पाण्डेले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका असीमित सम्भावना रहेको र तिनको समुचित सदुपयोग गर्न समन्वयात्मक क्षमताको विकास आवश्यक भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?