काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि संसदमा विरोध जनाएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाका सांसदहरुले विरोध जनाएका हुन् ।
यसअघि नाराबाजी गर्ने गरे पनि आज भने मौन रुपमा ‘वेल’ मा बसेर विरोध ज नाएका हुन् ।
त्यसो त आजै आकस्मिक समयमा रास्वपाको तर्फबाट सांसद हरि ढकालले आफ्नो धारणा राख्दै आफूहरुको माग पूरा नभएसम्म निरन्तर आन्दोलन जारी रहने बताए ।
त्यसो त यसअघि मंगलबारको बैठकमा रास्वपाका सांसदहरुले भिजिट भिसा प्रकरण मानव तस्करीसँग जोडिएको भन्दै मानव बेचबिखानविरुद्ध निलो स्कार्फ लगाएर विरोध जनाएका थिए । त्यसमा नेपाली कांग्रेस र एमालेका सांसदहरुले विरोध समेत जनाएका थिए । तर आज भने रास्वपाका सांसदहरु भुईँमा बसेर मौन रुपमा सरकारको विरोध जनाइरहेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया