काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अम्बरबहादुर थापाले प्रतिनिधि सभा बैठकमै बजेटको पुस्तिका च्यातेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बजेटबारे असन्तुष्टि जनाउँदै उनले बजेटको पुस्तिका नै च्यातेका हुन् ।
आफूले बजेटको पुस्तिका हेरेको तर जनता भन्दा नेताप्रति उत्तरदायी रहेको भन्दै संसदमै बजेट पुस्तिका च्यातेका हुन् ।
उनले आगामी आर्थिक वर्षको बजेट जनतामुखी हुन नसकेको साथै बजेट विभेदकारी भएको भन्दै आपत्ति जनाए ।
‘यो बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व नलिएको र एकाधिकार कायम गरिएको हुनाले मलाई यो किताब मन नपरेको हुनाले यो किताब मैले सदनभित्रै च्यातेको छु,’ उनले भने ।
उनले अहिलेको भौतिक पूर्वाधार मन्त्रालयको बजेट उल्टो बाटोबाट हिँडेको आरोप समेत लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया