काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत–पाकिस्तान युद्धविरामको सम्झौता उल्लंघन भएकोप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका केसीले सो कुरा बताएका हुन् ।
उनले दुवै पक्ष (भारत र पाकिस्तान) ले युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयनमा जानुपर्नेमा जोड दिए । साथै दक्षिण एशियामा देखिएको आतंकको कालो बादललाई यस क्षेत्रबाट हटाउन समेत आग्रह गरे ।
नेता केसीले शून्य समयमा बोल्दै भनेका छन् :
भारत र पाकिस्तानबिच हालै भएको युद्धविराम सम्झौताको स्वागत गर्न नपाउँदै उल्लंघनका दुःखद खबरहरु आउन थालेका छन् । यो सम्झौताको इमान्दारितापूर्वक कार्यान्वयन गर्दै आतंकको कालो बादल यो क्षेत्रबाट सधैँका लागि समाप्त हुन सकोस् हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ति नै प्रथम आवश्यक्ता हो । झण्डै सयौँ आतंककारी संगठन र आतकंवादविरुद्ध विश्व जनमत बलियो रुपमा एकजुट रहेको आतंकवाद विश्व शान्तिका निम्ति प्रथम खतराको रुपमा रहेको अवस्थामा कुनै पनि प्रकारका आतंकवादविरुद्ध दृढतापूर्वक कठोर नीति र यसलाई सहयोग र समर्थन गर्नु विश्व शान्ति र क्षेत्रीय स्थिरताका लागि हामी सबैको दायित्व र कर्तव्य हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया