काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

लोकपथ
126
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । 

बागमती विष्णुमती, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको बताए। 

आज बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको ‘डिप बोरिङ’ पानी शुद्धीकरण उद्घाटन गर्दै उनले नदीनालामा ढल मिलाउन नपाइने बताए । 

उपप्रधानमन्त्री सिंहले बागमतीलाई स्वच्छ बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहित जनशक्ति परिचालन गरेको जानकारी दिँदै देशका विभिन्न भागमा सञ्चालित खानेपानी आयोजना समयमै पूरा गर्न नागरिक तहबाट पनि अनुगमन गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?