दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
238
Shares
फाइल तस्बिर

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?