प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी

लोकपथ
112
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रबार संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछिको पहिलो बैठक सोमबार बसेको थियो, जसबाट औपचारिक छलफल सुरु गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?