सांसदले उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

लोकपथ
238
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुले सरकार सांसदहरुका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए ।

बैठकमा शून्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरु सभामा उठेर विरोध जनाएका थिए ।

विरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रुलिङ गरे । तर संसदमा नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरुल उठेर विरोध जनाएका थिए ।

त्यसो त सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहे पनि सरकार त्यसमा जवाफदेही नभएको भन्दै प्रश्न उठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?