काठमाडौं । केहीदिनदेखि सामान्य रुपमा बढिरहेको सुनको मूल्य साताको तेस्रो कारोबार दिन मंगलबार ह्वात्तै बढेको छ ।
आज प्रतितोला छापावाला सुनको मूल्य ५ हजार ३ सयले वृद्धि भएको हो ।
सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८४ हजार ६ सय रहेको थियो । आज मूल्य तोलामा ५ हजार ३ सयले वृद्धि भइ १ लाख ८९ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार ९ सय ६५ रहेको छ । त्यसो त यसअघि अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य १ हजार ९ सय १० कायम भइ कारोबार भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया