काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आज बिहान खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा पुगेर अर्थमन्त्री पौडेलले भेट गरेका हुन् ।
भेटमा आउँदो आर्थिक वर्षको बजेट निर्माण सम्बन्धी विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।
बजेट निर्माणको तयारीमा रहेका अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गर्दै आएका छन् ।
सरकारको आर्थिक नीति तथा प्राथमिकता निर्धारण गर्नुअघि यस्ता परामर्शहरूलाई अर्थ मन्त्रालयले आवश्यक तयारीको हिस्सा मानेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया