काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ः१५ बजेबस्दैछ।
दुवै बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया