संसदमा प्रधानमन्त्री ओली र प्रचण्डबिच अर्थपूर्ण ‘खासखुस’

लोकपथ
1.8k
Shares

काठमाडौं । आजबाट संघीय संसद्को दुवै सदनमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे छलफल प्रारम्भ भएको छ ।

सरकारले गत वैशाख १९ गते आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम बाचन गरेका थिए ।

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यससँगै अहिले संसद्मा नीति तथा कार्यक्रमबारे छलफल प्रारम्भ भयो ।

नीति तथा कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धारणा राखेका छन् । प्रधानमन्त्री रोष्ट्रमबाट आफ्नो सिटमा फर्किने र प्रचण्ड रोष्ट्रममा जाने बेलामा दुईबिच जम्काभेट भयो । सो क्रममा दुई नेताबिच केही सेकेण्ड खासखुस भयो ।

सो क्रममा प्रधानमन्त्री ओलीले हातले इसारा गर्दै केही भनिरहेका जस्ता देखिन्थे । साथै प्रचण्डले पनि प्रधानमन्त्री ओलीको कुरामा सहमति जनाएजसरी मुन्टो हल्लाएको जस्तो माहोल देखिन्थ्यो । साथै प्रचण्ड हासोसहित रोष्ट्रमतर्फ अघि बढ्छन् भने प्रधानमन्त्री ओली आफ्नो सिटतर्फ लाग्छन् । संसद्मा दुई नेताबिचको खासखुसलाई अर्थपूर्ण मानिएको छ ।

गत असारमा सरकार परिवर्तनपछि प्रधानमन्त्री ओली र विपक्षी दलका नेता प्रचण्डबिच त्यति राम्रो सुमधुर सम्बन्ध समेत हुन सकेको थिएन । केही राजनीतिक भेटघाटबाहेक खासै नभेट्ने ओली प्रचण्ड पछिल्ला केही दिनदेखि आपसी भेटघाट गरिरहेका छन् । आइतबार साँझ मात्रै पनि ओली प्रचण्डबिच भेटघाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?